बिक्दैछन् तिहारलाई झिलिमिली बनाउने पाला (तस्बिरहरू) | Khabarhub Khabarhub

बिक्दैछन् तिहारलाई झिलिमिली बनाउने पाला (तस्बिरहरू)



काठमाडौं  तिहार र छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका  बजारमा परम्परागत पाला बिक्री हुन थालेको छ ।

घ्यु-तेल राखेर कपास र धागोको बत्ती बाल्दै पालाले तिहार उज्यालो बनाउने परम्परा छ । अहिले काठमाडौंको भेडासिंहस्थित माटोका भाडा किनबेच भइरहेको देखिन्छ । त्यहाँ तिहारका लागि पाला किन्न जाने मानिसको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । 

तिहारमा झिलिमिली बनाउन अचले बिजुली बत्तीको पनि प्रयोग हुन्छ । तर नेपाली संस्कृतिसँग जोडिएको पाला प्रयोग पनि रोकिएको छैन ।

पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा कायमै छ । तिहार आएपछि वर्षेनि पालाको माग धेरै हुने गरेको यसका निर्माताहरू बताउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ०२ बजे

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको

तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक

तीजमा रमाउँदै श्रद्धालु महिला (तस्बिरहरू) 

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँ– तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ