सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता « Khabarhub

सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशिष गर्गले आज हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । 

त्यसअवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए। 

यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ । 

नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । 

बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रसारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सौर्य तथा जलविद्युतमा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ५४ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको