मुकुलले लेखे- रास्वपाको आन्दोलन हैन, त्यो भिड लामिछाने क्लबका सदस्यहरूको हो « Khabarhub

मुकुलले लेखे- रास्वपाको आन्दोलन हैन, त्यो भिड लामिछाने क्लबका सदस्यहरूको हो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठामाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व  बचाएर बसेको दाबी गरेका छन् । 

उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’ 

ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको बताए । 

यस्तो छ ढकालको पुरा स्टाटस : ‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपाको कोही छ त, म छु  । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा ‘विधिको शासन’ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ५८ बजे

भटमासखेतीबाट भोजपुरका किसानको आम्दानी बढ्दै

भोजपुर– भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् ।

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा

कोरियाली राजदूत र सञ्चारमन्त्रीबीच भेट, नेपाल–कोरिया सम्बन्धबारे छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र

वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शनिबारबाट सुरू हुने वडा