ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा « Khabarhub

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाटन– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेबिस मरी एक असाधारण समाजसेवी रहेको बताएका छन् ।

नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा. राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा निस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताए।

‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उनले गरेको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरें, तब मैले उनले सृजना गरेको विरासत र उनले भविष्य निर्माण गरिदिएको हजारौँ मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु’, डा. राणाले भने ।

ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् । अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आएको थियो । अवसरविहिन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पुर्‍याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताए। 

मरीले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिसा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेसनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।

सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य,  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ५४ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्