बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार « Khabarhub

बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् । 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । 

उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै उनले स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए।

स्वास्थ्यमन्त्री किरण थापामगरले सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए। 

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना