महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने « Khabarhub

महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विश्व पोलियो दिवसको अवसर पारेर महोत्तरीको बर्दिबासमा हाफ म्याराथानको आयोजना हुने भएको छ ।

बर्दिवास रोटरी क्लबरोट्र्याक क्लबले कात्तिक ८ गते नौ किलोमिटर हाफ म्याराथानप्रति प्रतियोगिताको आयोजना गरिएको हो ।

बिहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिता भोला बसन्त चोक, बुद्ध चोक, जनता क्याम्पस, हमाल टोल, एभरेष्ट रोड स्कुल, विनायक व्याक्युट, वडा नं. १ को कार्यालय, बरगाछी टोल हुँदै भोला बसन्त चोकमा नै पुगेर ९ किलोमिटरको गन्तव्य पुरा हुनेछ ।

प्रथम हुने प्रतियोगीलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई प्रमाणपत्र प्रदान  गरिने आयोजक पक्षले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीले गौतम, विनायक र गुन्जमा डिनर कुपन समेत प्राप्त गर्ने रोटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु पुरीले जानकारी दिए ।    

प्रतियोगीहरूको लागि कुनै निश्यत भूगोल निर्धारण नगरिएको र जुनसुकै पालिकाका माहानुभावहरु प्रतियोगितामा सहभागी हुन् सक्ने कार्यक्रम की संयोजक सुमित्रा भट्टराईको भनाई छ । ९ किलोमिटरको उक्त दूरीमा एउटा एम्बुलेन्स प्रतियोगीहरुसँगै रहने संयोजक भट्टराईले बताइन् ।

यस्तो म्याराथन महोत्तरी मै पहिलो पटक रहेको आयोजक पक्षले दावी गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ४१ बजे

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका