रविबारे गृहमन्त्रीले भने- फौजदारी घटना अदालतमा गइसक्यो, सडकमा विरोध प्रदर्शन गलत « Khabarhub

रविबारे गृहमन्त्रीले भने- फौजदारी घटना अदालतमा गइसक्यो, सडकमा विरोध प्रदर्शन गलत


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम अनियमिततासम्बन्धी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलहरूको बैठकमा उक्त प्रकरणबारे ब्रिफिङका क्रममा लेखकले यस्तो बताएका हुन् ।

‘संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो’, उनले भने, ‘फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित होइनन् ।’

रवि पक्राउ प्रकरणसहितका घटनाबारे सत्तामा रहेका दलहरूले आ-आफ्ना तर्फबाट वक्तव्य जारी गर्ने सहमति पनि गरेका छन् ।

उनीहरूले रास्वपाबाट भइरहेको प्रदर्शनका सन्दर्भमा न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्दै वक्तव्य निकाल्ने भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा