साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने « Khabarhub

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने पहिलो खेलमा माल्दिभ्स र भुटान खेल्नेछन् । यस्तै, अपराह्न साढे ५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंकाअंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।

अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । यस्तै, भुटानले पनि बराबरी खेले पुग्नेछ ।

जारी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : २५ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर