सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ | Khabarhub Khabarhub

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो । उनी रवि लामिछाने र छविलाल जोशीसँगै गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

सीआईबीका प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीका अनुसार खनाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

सूर्यदर्शन सहकारीमा ठगिएकामध्ये कृष्णप्रसाद जैसीसमेतको जाहेरीमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको थियो।

उनीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान जारी छ । जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि अनुसन्धानका क्रममा एक महिनादेखि कास्कीमै हिरासतमा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ५४ बजे

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका