सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ « Khabarhub

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो । उनी रवि लामिछाने र छविलाल जोशीसँगै गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

सीआईबीका प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीका अनुसार खनाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

सूर्यदर्शन सहकारीमा ठगिएकामध्ये कृष्णप्रसाद जैसीसमेतको जाहेरीमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको थियो।

उनीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान जारी छ । जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि अनुसन्धानका क्रममा एक महिनादेखि कास्कीमै हिरासतमा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ५४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि