तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण  « Khabarhub

तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण 


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसमा किर्तिपुर नगरपालिका वार्ड न.६ को सामुदायिक वनमा केन्द्रीय समितिले वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन निर्देशन समितिको संयोजक पार्टीकी सहमहामन्त्री डिना उपाध्याय, विशेष अतिथि निवर्तमान तरुण दल अध्यक्ष राष्ट्रिय सभा सांसद जित जङ बस्नेत ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँ ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राजन केसीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशेष अतिथि एवं तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत केन्द्रिय सदस्यहरूले करिव १३० ओटा बिरुवाहरू रोपेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भने- ‘निलो क्रान्ति भनेर जुन भ्रम अहिले बजारमा छरिएको छ त्यसप्रति कडा टिप्पणी गर्दै वास्तवमा निलो क्रान्ति तरुण दलको झन्डामा अङ्कित छ र निलोले तरुणको जोस जाँगरलाई उजागर गर्छ ।’

अध्यक्ष गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा तरुण दलले अस्थायी टहरा बनाउने समेत जानकारी दिए ।

महाधिवेशन निर्देशन समितिको संयोजक एवं सदस्यहरूले पार्टीले तरुण दलको महाधिवेशन चैत भित्र सम्पन्न गर्ने म्यान्डेट दिएकोमा उक्त समयभित्र दलको महाधिवेशन गरि नयाँ नेतृत्व ल्याउने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ५५ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले