‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै « Khabarhub

‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – यहाँ लगाइएको बर्खे धानको उत्पादन-उत्पादकत्व अनुमान तथा तथ्यांक लिन क्रप कटिङ सुरु गरिएको छ । 

कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिए। धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए। 

कँडेलले भने, ‘यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ तर धान लगाउने समयमा मौसम अनुकूल भए पनि पाक्ने बेलामा केही समय मौसम प्रतिकुल र धानमा डटी प्यानिकललगायत रोगका कारण केही समस्या नभएको छ ।’

उनले अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए। ‘प्रतिहेक्टर चार मेट्रिक टन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर चार मेट्रिक टनकै हाराहारीमा उत्पादन अनुमान गर्न सकिन्छ’, कार्यालय प्रमुख कँडेलले भने ‘पूर्वी चितवनमा केही उत्पादन घटेको हामीले पाएका छौँ । सबै स्थानमा क्रप कटिङ गरी तथ्यांक लिएपछि उत्पादनबारे थाहा हुनेछ ।’

कार्यालयका अनुसार जिल्लामा यसवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । यहाँ सावित्री, सावा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, काशिनाथलगायत धान लगाइएको छ ।

गत वर्ष २६ हजार  तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : २५ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा