‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो « Khabarhub

‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.सं २०७२ मा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो सिक्वेल ‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन आइतबार सकिएको छ । दशैँ लगत्तै यस फिल्मको छायाङ्कन सुरु भएको थियो ।

निर्माण पक्षका अनुसार काठमाडौं र काभ्रेमा १२ दिन पहिलो चरणको छायाङ्कन भएको हो । दोस्रो चरणको छायाङ्कन भने कात्तिक २२ बाट सुरु हुने बताइएको छ ।

पहिलो सिक्वेलका केन्द्रीय पात्र विनय श्रेष्ठ र कामेश्वर चौरासियाले यसमा निरन्तरता पाएका छन् । नायिका र निर्देशक भने परिवर्तन भएका छन् ।

पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् । त्यस्तै, नायिका मेनुका प्रधानको स्थानमा सुपुष्षा भट्टको प्रवेश भएको छ ।

फिल्ममा उनीहरुसहित नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

सिनेमा आर्टस्ले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण गर्न लागेको यस फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको