२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी  « Khabarhub

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेको छ । आज नेप्से १.४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा पुगेको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । 

२१३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३०७ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ५५२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सोमबार १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेर ३ हजार ४८४.६२ विन्दुमा पुगेको छ । सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले बढेर १ हजार ५०९.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक १.५७ प्रतिशतले, होटल एण्ड पर्याटन १.१७ प्रतिशतले, हाइड्रोपावर १.५८ प्रतिशतले, लगानी ०.८५ प्रतिशतले, जीवन बीमा १.८५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.३४ प्रतिशतले, लघुवित्त १.२६ प्रतिशतले, म्यूचुअल फण्ड ०.७२ प्रतिशतले, निर्जीवन बीमा ०.६४ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह ०.७५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : १५ बजे

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका