लडाकू शिविरमा भ्रष्टाचार आरोप- प्रचण्डसहित १३ नेताविरुद्ध अख्तियारमा उजुरी « Khabarhub

लडाकू शिविरमा भ्रष्टाचार आरोप- प्रचण्डसहित १३ नेताविरुद्ध अख्तियारमा उजुरी


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन अवस्थामा शान्ति प्रक्रियाका क्रममा अस्थायी शिविरमा राखिएका माओवादी लडाकूका नाममा निकासा भएको रकम घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी परेको छ ।

युवराज पौडेल ‘सफल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र लडाकु कमान्डर चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् ।

त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही छन् ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ।

माओवादी अध्यक्ष प्रचण्डले स्वयमले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा राखिएको छ ।

उजुरीमा माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्ब खर्च भएको जिकिरसहित अधिकांश रकम प्रचण्डको योजनामा निकासा गरेर भ्रष्टाचार गरिएको उल्लेख छ ।

निवेदक पौडेलले राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरेका छन् । पौडेलले दिएको निवेदन अख्तियारले दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ०६ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,