रास्वपाको तर्क- सहकारीको रकम जीबीले ल्याए, सजाय पनि उनैलाई दिनू, रवि निर्दोष छन् | Khabarhub Khabarhub

रास्वपाको तर्क- सहकारीको रकम जीबीले ल्याए, सजाय पनि उनैलाई दिनू, रवि निर्दोष छन्


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोर्खा मिडिया नेट्वर्कमा विभिन्न पाँच सहकारी संस्थाको बचन रकम गितेन्द्रबाबु राई (जीबी) ले ल्याएकाले सजायको पनि उनैलाई हुनुपर्ने तर्क गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरहेकोले उनी दोषी नरहेको दोहोर्‍याएका हुन् ।

रास्वपाले अहिले जारी प्रदर्शन निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेलविरुद्ध भएको पनि बताएको छ।

रास्वपाले लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर बदनियत राखी हिरासतमा लिएको भन्दै आपत्ति जनाएको हो ।

संसदीय छानबिन समितिको छानबिनबाट सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको तथ्य सार्वजनिक हुँदा पनि सरकारले प्रतिशोध सााधेको रास्वपाको तर्क छ ।

‘विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर-कानूनीरुपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेल विरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ । सहकारीमा बचत रकम हिनामिना, अपचलन वा ठगी गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठुला ऋणी र कर्मचारीको मिलेमतोमा मात्र हो’, उनले भनेका छन्, ‘तर, रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन । यस विवादित विषयलाई संगठित अपराधसँग पनि जोडिएको छ ।’

गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा कम्पनी र कम्पनीको दायित्वसम्बन्धी प्रतिपादित विश्वव्यापी सिद्धान्त अनुसार कम्पनीका निर्देशक, शेयरधारक, कर्मचारी र एजेन्टहरू अलग कानुनी व्यक्ति मानिने झाले उल्लेख गरेका छन् ।

‘कम्पनीको साझेदार ठग, चोर, डाँका, ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन । साथै, कम्पनीको सिद्धान्तअनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋण स्वरूप गोर्खा मिडिया नेटवर्कमा दिने काम गर्‍यो’, उनले अगाडि भनेका छन्, ‘सजाय पनि त्यही व्यक्तिले सजाय पाउने हो । सहकारीबाट पैसा ल्याउने काम जीबी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलनबापतको सजाय पाउने पनि जीबीले नै हो ।’

सहकारी ठगीमा कुनै संलग्नता छैन भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा त्यही आरोपमा लामिछानेमाथि मुद्दा उठान हुन नसक्ने रास्वपाको दाबी छ ।

सहकारी ठगी मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि निरन्तर हिरासतमा राख्नु न्यायोचित नहुने भन्दै अनुसन्धानको कुनै विषय बाँकी रहेको देखिएकै खण्डमा हाजिरी, जमानी, धरौटीमा राखी हिरासतमा नलिई पनि अनुसन्धान गर्न झाले माग गरेका छन् ।

‘सभापति रवि लामिछानेलाई झुटा मुद्दा लगाएर थुन्नु राजनीतिक प्रतिशोध हो । सरकारले अधिनायकवादी रवैया प्रस्तुत गरी झुठा मुद्दा लगाएर उहाँलाई गैरकानुनी थुनामा राखेकाले रास्वपाले घोर भर्त्सना गर्दछ’, उनले भनेका छन्, ‘यो सभापति रवि लामिछाने एक व्यक्तिको पक्षमा मात्र होइन, दुई तिहाइको सरकारले आफूलाई मन नपर्ने कसैलाई पनि राजनीतिक पूर्वाग्रह प्रेरित भएर थुनामा राख्न सक्ने नजिर बन्न नदिनका लागि गरिएको खबरदारी हो ।’

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : १९ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा