कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर « Khabarhub

कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको  बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय  कर्णबहादुर थापाको आज लमही अस्पतालमा  उपचारका लागि पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक  निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो । 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ३४ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार