सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु | Khabarhub Khabarhub

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। उनीहरु भारतीय नागरिक नै हुन्। उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ९ : २० बजे

नगरवासीलाई सहुलियत शुल्कमा फूल उपलब्ध

त्रिशूली– विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध

कुलमान महसुल उठाउन कस्सिए, प्रतिवेदन ओलीकै दराजमा

काठमाडौं – सरकारले ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवाद निरूपण

कुन-कुन देशबाट आउँछ नेपालीले खेल्ने तास ? 

काठमाडौं– नेपालीहरूको महान् चाड दशैं तिहार लगायतमा चाडपर्वहरूमा नेपालीहरूले विशेषतः

जनकपुरधाममा खुलेआम बिक्री हुँदै पटाका, प्रहरी मुकदर्शक

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधाममा दिपावलीको दिन (आज)  खुलमखुल्ला पटाका

शुक्लाफाँटाका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सास्ती

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती