सागसब्जीबाट वार्षिक छ लाख आम्दानी गर्दै रामपुरका युवा | Khabarhub Khabarhub

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी गर्दै रामपुरका युवा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रामपुर– गाउँ छाडेर युवा बिदेसिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ ।

बाल्यावस्थादेखि नै खेती किसानीमा मातापितालाई साथ दिएको उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् । वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् ।

बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । ‘बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुने रहेछ’, उनले भने ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले जनाए । उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन् । टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए ।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि आठ लाख रुपैयाँ ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन् । सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १० : ३५ बजे

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक