सागसब्जीबाट वार्षिक छ लाख आम्दानी गर्दै रामपुरका युवा « Khabarhub

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी गर्दै रामपुरका युवा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रामपुर– गाउँ छाडेर युवा बिदेसिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ ।

बाल्यावस्थादेखि नै खेती किसानीमा मातापितालाई साथ दिएको उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् । वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् ।

बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । ‘बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुने रहेछ’, उनले भने ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले जनाए । उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन् । टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए ।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि आठ लाख रुपैयाँ ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन् । सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १० : ३५ बजे

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद

घोराही– दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाइने

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी

जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार छौँ : गंगा दाहाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष