रास्वपाले छठसम्मलाई रोक्यो कास्की बाहिरका सबै आन्दोलन « Khabarhub

रास्वपाले छठसम्मलाई रोक्यो कास्की बाहिरका सबै आन्दोलन


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सभापति रवि लामिछाने पक्राउको विरोधमा जारी आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टीले छठसम्मलाई स्थगित गरेको छ । उसले हाल लामिछाने हिरासतमा रहेको कास्कीमा भने आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आन्दोलनका संयोजक तथा रास्वपा उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’का अनुसार नेपालीहरूका चार्ड तिहार र छठलाई लक्षित गरेर कास्कीबाहेककाको आन्दोलन रोकिएको हो ।

‘कास्कीमा त भाइटीकाको दिन पनि धर्ना बस्ने साथीहरूले भन्नुभएको छ । तर काठमाडौंसहित अन्य जिल्लामा जारी आन्दोलन छठसम्म स्थगित गरिएको छ’, उपसभापति अर्यालले भने, ‘साथीहरूले देउसी भौलोमार्फत खबरदारी गर्ने भन्नुभएको छ । मैले उत्तेजित भएर नगर्नु भनेको छु । सकै कुरा रोक्न त सकिँदैन नि । उहाँहरू रोक्न मान्नु नै भएको थिएन ।’

अर्यालका अनुसार रास्वपा शुभेक्छुकहरूले देउसी भैलीमार्फत पनि सभापति लामिछानेको पक्राउविरुद्ध अभियान जारी राख्ने भएका छन् ।

गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका थिए । त्यसलगत्तै रास्वपाले कास्की, काठमाडौं र देशका अन्य जिल्लामा आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : २३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह