रास्वपाले छठसम्मलाई रोक्यो कास्की बाहिरका सबै आन्दोलन | Khabarhub Khabarhub

रास्वपाले छठसम्मलाई रोक्यो कास्की बाहिरका सबै आन्दोलन


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सभापति रवि लामिछाने पक्राउको विरोधमा जारी आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टीले छठसम्मलाई स्थगित गरेको छ । उसले हाल लामिछाने हिरासतमा रहेको कास्कीमा भने आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आन्दोलनका संयोजक तथा रास्वपा उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’का अनुसार नेपालीहरूका चार्ड तिहार र छठलाई लक्षित गरेर कास्कीबाहेककाको आन्दोलन रोकिएको हो ।

‘कास्कीमा त भाइटीकाको दिन पनि धर्ना बस्ने साथीहरूले भन्नुभएको छ । तर काठमाडौंसहित अन्य जिल्लामा जारी आन्दोलन छठसम्म स्थगित गरिएको छ’, उपसभापति अर्यालले भने, ‘साथीहरूले देउसी भौलोमार्फत खबरदारी गर्ने भन्नुभएको छ । मैले उत्तेजित भएर नगर्नु भनेको छु । सकै कुरा रोक्न त सकिँदैन नि । उहाँहरू रोक्न मान्नु नै भएको थिएन ।’

अर्यालका अनुसार रास्वपा शुभेक्छुकहरूले देउसी भैलीमार्फत पनि सभापति लामिछानेको पक्राउविरुद्ध अभियान जारी राख्ने भएका छन् ।

गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका थिए । त्यसलगत्तै रास्वपाले कास्की, काठमाडौं र देशका अन्य जिल्लामा आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : २३ बजे

डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- आफूलाई अभियन्ता बताउने डा. निकोलस भुसाल पक्राउ परेका छन्

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन