जनकपुरधाममा खुलेआम बिक्री हुँदै पटाका, प्रहरी मुकदर्शक « Khabarhub

जनकपुरधाममा खुलेआम बिक्री हुँदै पटाका, प्रहरी मुकदर्शक


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधाममा दिपावलीको दिन (आज)  खुलमखुल्ला पटाका बिक्री भइरहेको छ । 

पटका, भुईचम्पा लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा प्रहरीकै अगाडि यसको खुलेआम बिक्री भइरहेको हो ।

जिल्लाको भारतसँगको मुख्य भन्सार नाका जटही भन्सार नजिकको बजार क्षेत्र र मधेसको राजधानी जनकपुरधाम बजार क्षेत्रमा प्रहरीकै अगाडि विभिन्न प्रकारका पट्का बिक्री वितरण भइरहेपनि प्रहरी प्रशासनले भने नियन्त्रणमा चासो देखाएको छैन् ।

अहिले जनकपुरधामको जानकी मन्दिर आसपास क्षेत्रमा त्रिपाल टाँगेर पटका बिक्रीका लागी राखिएको छ । पट्का बिक्री वितरणमा बालबालिका समेत संलग्न रहेको पाइएको छ । 

 मधेश प्रदेशको राजधानी जनकपुरधाममै पटाका पाइएपछि भारततर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पर्दाथ धेरैले खरिद गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताए । 

उनले भने‘ इन्सपेक्टरको नेतृत्वमा टोली खटेको छ । हल्काफुल्का पटका नियन्त्रणमा पनि लिएका छौँ । अझै कडाइ गरेर चेकजाँच गर्ने छौ ।’

चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काइने पटकाका कारण आगलागी तथा अङ्गभङगको समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ ।

पटका लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ४१ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४