राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि « Khabarhub

राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

सुनसरी- साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) विजयी भएका छन् । उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार विजेता बनेका हुन् ।

इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे । तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेतालाई प्रायोजक मुनबिम एकेडेमीका प्रधानाध्यापक देवेन्द्र विष्ट, कोशी प्रदेशकी सांसद सपना परियार, बराहक्षेत्रका नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य र वडाध्यक्ष रोहित काफ्लेले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले चतरा नहरमा ढुङ्गा हुइक्याउँदै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताअघि कोशी प्रदेशका सांसदहरू विजयकुमार राई, ममता तामाङ, सपना परियार, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका साथै वडाध्यक्षहरूले ‘स्टोन स्किप’ गरेका थिए ।

शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले पानी सुल्के प्रतियोगिताले बाल्यकालको सम्झना पुनरावृत्ति गराएको बताए ।

उनले कोशी नदी किनारका बस्तीहरुको आर्थिक, सामाजिक र ग्रामीण जनजीवनसँग जोडिएको खेललाई राष्ट्रियस्तरमा लानु पर्ने विचार राखे । मन्त्री मण्डलले पानी सुल्के खेललाई सूचीकृत गर्न नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले स्वागत मन्तव्य व्यक्त गर्दै पानी सुल्के प्रतियोगिता बराहक्षेत्रको मौलिक खेल भएको बताए ।

‘पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ खेल पर्यटनको विकासका लागि चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको सह-आयोजनामा प्रतियोगिता गरिएको संयोजक नवराज विष्टले बताए।

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गरिएको चतरा हाइकिङका संस्थापक तथा निर्णायक विजयकुमार राउतले जानकारी दिए । प्रतियोगितामा चतरा हाइकिङका संस्थापक भीषण राई, राजन घिमिरे निर्णायक थिए ।

यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

नेपालमा गत वर्षदेखि सुनसरीको चतरा नहरमा प्रतियोगिता आयोजना भइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ४६ बजे

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल

तनहुँ जलविद्युत् आयोजना : रूख कटानको अनुमति प्राप्त

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका

माइतीघरमा श्रम संस्कृति पार्टीको नारा- ‘यो देश गरीबको पनि हो’

काठमाडौं– माइतीघर मण्डलामा श्रम संस्कृति पार्टी बागमती प्रदेशले सुकुम्वासी तथा