तिहारको उल्लासले रमाइलो गाउँघर (तस्बिरहरू) « Khabarhub

तिहारको उल्लासले रमाइलो गाउँघर (तस्बिरहरू)


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गोरखा- यतिबेला देशभर चाडपर्वको रौनक छ । के सहर के गाउँ सबैतिर तिहारको उल्लास छाएको छ ।

सहर होस् या गाउँ सबैतिर मखमली, गोदावरी, सयापात्री फूलेले सजिएका छन्। नेपाल गाउँ नै गाउँले बनेको देश भएकाले चाडवाडमा पनि गाउँतिर धेरै रमाइलो देखिन्छ ।

गोरखाको अजिरकोट नगरपालिकास्थित नामकी र सिरानडा यस्तै गाउँमध्ये एक हुन् । यी दुवै गाउँ पर्यटकीय हिसाबले पनि आकर्षक छन् ।

तामाङ जातिको बाहुल्यता रहेको नामकी र सिरानडाँडा गाउँमा अहिले चाडवाडका कारण आन्तरिक पर्यटक पुगेका छैनन् ।

तर यहाँ पर्यटकका लागि परम्परागत शैलीमा निर्माण गरिएका होमस्टे र पाहुना घर बनाइएको छ ।

पर्यटकहरू यहाँ राजधानी काठमाडौंलगायत विभिन्न ठाउँबाट घुम्न पुग्छन् ।

काठमाडौंबाट १ सय ६० किलोमिटर टाढा रहेको यो गाउँ पर्यटकका लागि नयाँ गन्तव्य हो ।

स्वच्छ र स्वच्छ हावा, प्राङ्गारिक खाना,  स्थानीय रीतिरिवाज र संस्कृति यहाँको आकर्षण हो । सफा मौसममा यहाँबाट हिमचुली र बौद्ध हिमालले मनै मोहित बनाउँछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : ०८ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा