ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा | Khabarhub Khabarhub

ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा एक गोलले पछिपरेको लिभरपुल खेलमा फर्कँदै ब्रिङटनमाथि २–१ को जित हात पार्न सफल भएको छ।

खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले आकर्षक गोल गर्दै टोलीलाई जित दिलाए। यसअघि १४ औं मिनेटमा फर्डी काडिउग्लोको उत्कृष्ट फिनिसिङमा १४ औँ मिनेटमा ब्रिङटनले अग्रता लिएको थियो। ६९ औँ मिनेटमा कर्डी गाप्कोको क्रस सिधै गोलमा परिणत भएपछि लिभरपुल खेलमा फर्किएको थियो।

शनिबार भएका अन्य खेलमा इप्स र लिसेस्टरले १–१ गोलको बराबरी खेले। नटिङघम फरेस्टले वेस्टहामलाई ३–० ले हरायो भने साउथहाम्टन एभरटन माथि १–० को जित हात पार्न सफल भयो।

नटिङघम फरेस्टलाई जित दिलाउने क्रममा कृश उडले शानदार प्रदर्शन गरे। २७ औं मिनेटमा उनले टोलीलाई अग्रता दिलाएका थिए। चालु सिजनको यो उनको आठौँ गोल हो। ६५ औँ मिनेटमा कालुयम हडसन ओडाइले अर्को गोल गरे। ओला आइनाले ७८ औँ मिनेटमा गोल गरे।

अङ्क तालिकामा लिभरपुल १० खेलमा २५ अङ्क सहित शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी १० खेलमा २३ अङ्क सहित तेस्रो तथा नटिङघम फरेस्ट १० खेलमा १९ अङ्क सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : २२ बजे

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ