उत्तारखण्डको अल्मोडामा यात्रु बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु « Khabarhub

उत्तारखण्डको अल्मोडामा यात्रु बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

अल्मोडा- भारतको उत्तराखण्ड राज्यमा सोमबार बिहान एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि २२ जनाले ज्यान गुमाएका छन् । उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा यात्रीले भरिएको बस अनियन्त्रित भएर खोँचमा खसेको हो ।

स्थानीयबासीको सहयोगमा अहिले घाइतेहरू र मृतकलाई बाहिर निकालिँदैछ ।अल्मोडा जिल्ला आपदा प्रबन्धन अधिकारी विनीत पालले बीबीसीलाई बताएअनुसार दुर्घटनामा अहिलेसम्म २२ जनाको ज्यान गइसकेको छ ।

बस दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । यो बस रामनगर गइरहेको थियो, जो सल्टनजिकै कोपी नामको स्थानबाट खोँचमा खसेको हो ।

अल्मोडाको सल्ट इलाका एसडीएम अधिकारी सञ्जय कुमारले बताएअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव अहिले निकालिँदैछ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाऊँ मण्डल र डीएम अल्मोडासँग फोनमा कुरा गरेर जानकारी लिएका छन् । धामीले उद्धार र उपचारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र ज्यान जोगाउने कोसिस थालिसकेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : ४० बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक