एउटै फार्मबाट दुई लाखको फूल बिक्री | Khabarhub Khabarhub

एउटै फार्मबाट दुई लाखको फूल बिक्री


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए। तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए ।

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ ।

प्रतिकिलो फूल  पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताए। हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । 

गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । 

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष रु दुई लाखदेखि तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५८ बजे

प्रधानमन्त्रीको उत्तर भ्रमण : प्रधानमन्त्री लीदेखि राष्ट्रपति सीसम्मलाई भेट्ने

काठमाडौं– सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा

शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर

सिरहा– सिरहाको नरहामा शिक्षकहरूको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई जना

कीर्तिपुरमा माओवादीका शिवशरण र स्वतन्त्र राजमानलाई स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले कीर्तिपुर नगरपालिको उपनिर्वाचनमा मेयर पदका दुईजना उम्मेदवारलाई

कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने

काठमाडौं– कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

काठमाडौं- प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई