टाटाले भारतीय बजारमा दुई वर्षपछि सी २९५ विमानको आपूर्ति थाल्ने « Khabarhub

टाटाले भारतीय बजारमा दुई वर्षपछि सी २९५ विमानको आपूर्ति थाल्ने


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कम्पनी टाटाले दुई वर्षपछि सी–२९५ विमान आपूर्ति गर्ने भएको छ । टाटा सन्सका प्रमुख एन चन्द्रशेखरनले गुजरात राज्यको बडोदरामा रहेको कारखानाले सन् २०२६ सम्म सी–२९५ विमान आपूर्ति गर्ने लक्ष्य लिएको जनाएका छन् ।

टाटाले विमान उत्पादनकर्ता एयरबससँगको सहकार्यमा बडोदरामा कारखाना स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका स्पेनी समकक्षी पेद्रो सान्चेजले कारखानाको उद्घाटन गरेका छन् ।

भारतमा सञ्चालित यो निजी क्षेत्रको पहिलो विमान उत्पादन कारखाना हो । चन्द्रशेखरनले यो कारखाना भारतीय हवाई तथा रक्षा क्षेत्रका लागि कोशेढुंगा रहेको टिप्पणी गरेका छन् । यस कारखानाले भारतलाई आधुनिक उत्पादन प्रक्रियाको नयाँ चरणमा प्रवेश गराउने उनको भनाइ छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार उनले कारखानामा काम गर्न लागेका २ सय जना इन्जिनियरले स्पेनमा तालिम लिइरहेको समेत जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीको ‘मेक इन इण्डिया’ कार्यक्रमअन्तर्गत नयाँ विमान उत्पादन कारखाना स्थापना गरिएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ४३ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ