यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै « Khabarhub

यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष ०८१-०८२ मा नेपाल सरकारका १४ जना विशिष्ट श्रेणी (सचिव) का कर्मचारीहरू सेवानिवृत्त हुँदै छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि अहिलेसम्म दुई जना विशिष्ट श्रेणीका कर्मचारीहरू पनि सेवानिवृत्त भइसकेका छन् । 

सेवानिवृत्त भइसकेका सचिवहरूमा लीलादेवी गड्तौला र तोयनारायण ज्ञवाली रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहँदा गड्तौला मुख्य सचिवमा बढुवा भएर उमेर हदका कारण अवकाश गएकी हुन् । ०८१ फागुनमा अवकाश पाउने तर्खरमा रहेका सचिव एकनारायण अर्याल मुख्य सचिव भएसँगै उनको कार्यकाल तीन वर्ष थपिएको छ । 

यस्तै सचिव ज्ञवाली राष्ट्रिय योजना आयोगको सचिवालयबाट गत भदौ २२ सेवानिवृत्त भएका थिए भने गड्तौलाले गत भदौ १५ मा अवकाश पाएकी थिइन् । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारीले पनि अवकाश अवधि आउनुअघि नै राजीनामा दिइसकेका छन् । 

चालु आर्थिक वर्षमा अवकाश हुन लागेका विशिष्ट श्रेणीका कर्मचारी 

 चालु आर्थिक वर्ष०८१-०८२ मा रा.प. प्रथम श्रेणी (सहसचिव) हरू ८३ जना, रा.प. द्वितीय श्रेणी (उपसचिव) हरू १७७ जना र रा.प. तृतीय श्रेणीका २५३ जना सेवा निवृत्त हुने सूचीमा छन् । जसमध्ये केही अवकाश गइसकेका छन् । 

यसैगरी ११ औं तहका ६, १० तहका २६ जना, नवाैँ तहका १२ जना, आठौं तहका ७९, छैटौं तहका २२३, पाँचौं तहका २०४, चौथो तहका १७ र श्रेणीविहीन ६४१ कर्मचारीहरू चालु आर्थिक वर्षमा अवकाश जाँदै छन् । 

चालु आर्थिक वर्ष ०८१-०८२ भित्र अवकाश जानेमा राजपत्र अनंकित प्रथम श्रेणीअन्तरगत १८८ जना कर्मचारी पनि सेवानिवृत्त हुँदैछन् । राजपत्र अनंकित द्वितीय श्रेणी, तृतीय श्रेणी र अन्य श्रेणीका पनि थुप्रै कर्मचारीहरूको नाम अवकाश जानेमा सूचीमा समावेश छ । ठूलो सङ्ख्यामा कर्मचारी अवकाशमा गएसँगै पेन्सनमा पर्ने दबाबका कारण सरकारमाथि ठूलो वित्तीय भार थपिने निश्चित छ । 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : १८ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा