मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई « Khabarhub

मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत तय भइसकेको छ। यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिइसकेका छन् ।

तर ट्रम्पले २७० इलेक्टरोल कलेज भोटसहित विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई। तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले भनेका छन्, ‘म भारत-अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ। वैश्विक शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’

ब्रिटिश प्रधानमन्त्रीको पनि बधाई

उता अमेरिकाको मुख्य साझेदारमध्ये एक ब्रिटिश प्रधानमन्त्री किर स्टार्मरले पनि जितका लागि ट्रम्पलाई बधाई दिएका छन् । भारतीय मोदीपछि किर स्टार्मरलाई बधाई दिने दोस्रो नेता भएका छन् । किर स्टार्मरले ट्रम्पको जीतपछि ब्रिटेन र अमेरिकाबीचको विशेष सम्बन्ध नयाँ अमेरिकी प्रशासनमार्फत पनि समृद्ध हुने बताएका छन् ।

लण्डनमा टेन डाउनिङ्ग स्ट्रिटद्वारा जारी एक वक्तव्यमार्फत स्टार्मरले भनेका छन्,  ‘तपाईंको ऐतिहासिक चुनावी जीतमा बधाई। म आउने वर्षमा तपाईंसँग मिलेर काम गर्न उत्सकु छु । सबैभन्दा नजिकको सहयोगीका रुपमा हामी स्वतन्त्रता, लोकतन्त्र र उद्यमको साझा साझा मूल्यको रक्षाका लागि काँधमा काँध मिलाएर उभिनेछौँ । विकास र सुरक्षादेखि नयाँ विकसित प्रविधिसम्ममा सहकायर्य गरेर आउने कयौँ वर्षसम्म एटलान्टिकका दुवैतर्फ ब्रिटेन-अमेरिकाको विशेष सम्बन्ध समृद्ध हुँदै जानेछ ।’

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे

अर्थमन्त्री खनाल भन्छन् : निर्वाचनमा आवश्यक पर्ने बजेटको कमी हुँदैन

म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले आउँदो फागुन २१ गते हुने

दार्चुलाको तिंकर र छाङरुका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था

सुदूरपश्चिम । दार्चुलाको उत्तरीक्षेत्र तिंकर र छाङरु क्षेत्रका मतदाताका लागि

चुनावी तालमेलको उपाय खोज्दै ओली : नेकपा र राप्रपा दुवैसँग कुरा अघि बढाउँदै

काठमाडौं- फागुन २१ गतेको निर्वाचन आउन एक महिना बाँकी हुँदा

इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि