रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने « Khabarhub

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारको दरखास्त  दिन आव्हान गर्ने भएको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक तथा रास्वपा सांसद गणेश पराजुलीका अनुसार समितिले भोलि सात वटै प्रदेशका सम्बन्धित जिल्ला र पालिकामा उम्मेदवार आव्हान गर्न अनुरोध गर्ने भएको छ ।  

‘उम्मेदवार आव्हान भएपछि इच्छुक साथीहरूले आंकक्षा राख्नुहुन्छ । त्यसपछि निर्वाचन परिचालन समिति र प्रदेश जिल्लाका नेताहरू बसेर कहाँ कसलाई उठाउने कसरी मिलाउने भन्ने छलफल हुन्छ । पराजुलीले खबरहबलाई भने, ‘सहमति नभएको अवस्थामा प्राइमरी कलेक्सन पनि हुन सक्छ ।’ 

पराजुलीका अनुसार स्वतन्त्र व्यक्ति बाहेक अरु पार्टीसँग रास्वपाले सहकार्य गर्ने छैन । 

निर्वाचन आयोगमा अनुसार हालसम्म ४१ स्थानमा निर्वाचन हुँदै छ । तर रास्वपाले ३९ स्थानमा मात्र उम्मेदवार दिन पाउँछ । दुई स्थानमा जिल्ला समन्वय समितिको निर्वाचन हुने भएकाले पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाले सो क्षेत्रमा उम्मेदवारि दिन पाउँदैन । 

रास्वपाले पहिलो पटक ०७९ को निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवार दिएको थियो । अहिले तिन तहको संरचना मध्ये रास्वपाको  प्रतिनिधि सभामा मात्र २१ सिट छ । प्रदेश र स्थानीय तहमा सहभागिता शून्य छ ।  

स्थानीय तहमाको केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक पराजुलीसहित सांसदहरू शिशिर खनाल, हरि ढकाल, निशा डाँगी, विन्दवासिनी कम्साकार छन् । यस्तै कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य गणेश कार्की, विजय जैरु र कमल सुवेदी पनि सो समितिमा छन् ।

 उनीहरूले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तथा ठाउँ ठाउँमा जिम्मेवारी लिएर निर्वाचनको तयारी गर्ने छन् । त्यसबाहेक प्रदेश र जिल्लामा पनि निर्वाचन परिचालन समिति बन्ने संयोजक पराजुलीको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ३५ बजे

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको