सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर | Khabarhub Khabarhub

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समयको हिटमध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग प्रसारण हुने भएको छ । युट्युबमा दर्शकबाट राम्रो साथ पाएको यो सिरियल शनिबार प्रसारण हुँदै आएको छ ।

अहिलेसम्म यस सिरियलको ५१ भाग प्रसारण भइसकेको छ । आगामी शनिबार यस सिरियल प्रसारणको वर्ष दिन पुग्दैछ अर्थात ५२ औँ भाग प्रसारण हुनेछ ।

आगामी साता देखि सातामा दुई भाग प्रसारण गर्ने योजनामा सिरियलका निर्देशक तथा लेखक राजु पौडेल ‘राजु मास्टर’ छन् । अबदेखि उक्त सिरियल दर्शकले मंगलबार र शनिबार हेर्न पाउने छन् ।

उनी भन्छन्, ‘५२ औं भाग मंगलबार प्रसारण हुन्छ । ५४ औं भाग शनिबार प्रसारण हुन्छ । दर्शकले हरेक साता दुई नयाँ भाग हेर्न पाउनुहुन्छ ।’

दर्शकको मागअनुसार सातामा दुई भाग प्रसारण गर्ने योजनामा पुगेको निर्देशक पौडेल बताउँछन् । उनी थप्छन्, ‘३५ मिनेट हेर्न हामीले एक साता कुर्नुपर्ने, सातामा दुई पटक सिरियल चाहियो भन्ने माग दर्शकले गरेकाले यो निर्णय भएको हो ।’

दर्शकको मागकै कारण नयाँ सिरियलको काम स्थगन गरि सातामा दुई पटक ‘सकस’ ल्याउने तयारीमा जुटेको उनी बताउँछन् ।

यस सिरियलमा पौडेलसहित तारा केसी, श्रीप्रसाद थापा, विनोद श्रेष्ठ, मुकेश हमाल, अन्जु निरौला, कमला रेग्मी, अमृत श्रेष्ठ, कृष्ण रेग्मी, राजु कार्की, लक्ष्मण चौलागाईं लगायतको अभिनय छ ।

यो सिरियल हिमालय टेलिभिजन र युट्युबमा ‘मास्टर टीभी’मा प्रसारण हुँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : २४ बजे

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता निधि

महेन्द्रनगर– प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै