लगातार तीन खेलमा जित बिहीन पिएसजी : सुरुवाती अग्रता तोड्दै एट्लेटिको म्याड्रिड विजयी « Khabarhub

लगातार तीन खेलमा जित बिहीन पिएसजी : सुरुवाती अग्रता तोड्दै एट्लेटिको म्याड्रिड विजयी


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

लण्डन – पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगका तीन खेलमा लगातार जित बिहीन भएको छ । गएराति भएको खेलमा एट्लेटिको म्याड्रिडसँग २–१ ले पराजित भएसँगै पिएसजीको विजयहीन यात्रा लम्बिएको हो । पहिलो खेलमा गिरोन्कासँग १–०ले विजयी भएको पिएजी त्यसपछिका तीन खेलमा जितबिहीन छ । दोस्रो खेलमा आर्सनलसँग २-० ले पराजित भएको पिएसजीले तेस्रो खेलमा पिएसभीसँग १–१ को बराबरी खेलेको थियो ।

गएराति भएको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जल कोरेराले गरेको गोलमा एट्लेटिको विजयी भएको हो । यसअघि १८ वर्षीय वारेन जाइरे यामेरीको गोलमा पिएसजीले अग्रता लिएको थियो ।

१५ औं मिनेटमा गोल खाएको स्पेनिस टोलीले त्यसको चार मिनेटपछि नै बराबरी गोल गरेको थियो । उसका लागि नाहिल मोलिनाले गोल गरेका थिए ।

यस सिजनको नयाँ संरचनाको च्याम्पियन्स लिगको सुरुवाती ४ खेलमा लिभरपुल १२ अङ्कसहित शीर्ष स्थानमा छ । स्पोर्टिङ सिपी, ब्रेस्ट, मोनाको र इन्टर मिलानको १० अङ्क छ । बार्सिलोना, बोरुसिया डर्टमन्ड र अस्टन भिल्लाको ९ अङ्क छ । एटलान्टको ८ अङ्क छ भने म्यानचेस्टर सिटी, युभेन्टे्स, आर्सनल, लिभरकुसेन, लिली, सेल्टिक र डाइनामो जाग्रेबको ७ अङ्क छ ।

फुलबलका ठुला शक्ति वायरन म्युनिख रियल म्याड्रिड सहित बेनफिका, एसी मिलान, फियुनार्ड, क्लब ब्रुग र एट्लेटिको म्याड्रिडको ६ अङ्क छ । पिएस भि आइन्होभनको ५ अङ्क छ भने पिएसजी, स्पार्टा प्राग र स्टुगार्ट र साख्तर डोन्सटकको ४ अङ्क छ । गिरोना र रेडबुल साजब्रगको ३ अङ्क छ । बोलोग्नाको १ अङ्क छ । आरबी लेमिज, स्टर्म ग्राज, यङ ब्वाइज, रेड स्टार बेलग्रेड र स्लोभान ब्राटिस्लाभाले अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर