खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो | Khabarhub Khabarhub

खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस बुधबार मनाइएको छ। दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ ।

सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभइ सिङ्गो लमजुङलाई गर्व गर्ने मौका मिलेको बताए । दुराको योगदानको कदर र सम्मानमा राज्य स्वयम्ले  चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए।

खजे पार्कलाई पुरातत्त्वसँग जोडेर यसको ऐतिहासिक, सामाजिक, र आर्थिक महत्व बढाउन प्रतिबद्ध रहने मन्त्री गुरुङको भनाइ थियो । सो अवसरमा पार्कलाई व्यवस्थित बनाउन र दुराको पूर्ण कदको सालिक निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

दुरा र उनको समूहले घले राजाबाट आजित भइ विक्रम संवत् १५५० मा पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याइ जशभुं ९यशोब्रह्म० शाहलाई राजगद्दी गराएको इतिहासमा उल्लेख छ । त्यहीँबाट शाहवंशले राज संस्था सुरू गरेको बताइन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ६ : ०८ बजे

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको