भित्री सडकमा सवारी दुर्घटना धेरै | Khabarhub Khabarhub

भित्री सडकमा सवारी दुर्घटना धेरै


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्री सडकमा मात्रै १०७ दुर्घटना भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लाका भित्री सडकमा यस वर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष २०७८/८९ देखिको तथ्याङ्क हेर्दासमेत भित्री सडक निकै जोखिमपूर्ण हुने गरेको छ । सो समयदेखि हालसम्म भएका एक हजार चार सय ६४ दुर्घटना भएका छन् । जसमा भित्री सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्री सडकमा सात सय ४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि एक सय ६५ जनाको ज्यान गएको छ । यस्तै एक हजार एक सय २९ जना घाइते भएका छन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन् । सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

यस्तै पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रमुख शर्माका अनुसार भित्री सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो ।

सडक फराकिलो हुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उनले बताए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताए । प्रमुख शर्माले भने, ‘अन्य सडकको तुलनामा भित्री सडकमा दुर्घटना बढी हुने गरेको छ ।’ सबै क्षेत्रमा ट्राफिक प्रहरी पुगेको भए पनि दुर्घटना हुन नदिनका लागि सवारी चालक र यात्रुहरू सजग रहनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : २१ बजे

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : शेखर कोइराला

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन

०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला

काठमाडौं – वि.सं २०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले प्रदर्शनको

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्