२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित) « Khabarhub

२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित)


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 

बोर्डले एक सूचना जारी गरी ०५६ साल यता कक्षा ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डकाअनुसार रजिस्ट्रेसन नम्बरको सुरुको अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् । २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।

बोर्डले प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने जनाएको छ । मौका परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयबाट आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने छ ।

यस्तै, विद्यार्थीले अध्ययन गर्दा सञ्चालनमा रहेको तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले सोझै बोर्डमा आवेदन दिन सक्नेछन् ।

बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको सङ्ख्या १४ लाख बढी रहेको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि २०५८ सालदेखि र सेमेस्टरतर्फ २०६९ साल देखिको समयसीमा कटेका विद्यार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०२ बजे

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले