टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू) « Khabarhub

टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउनमा भासिएको थियो।

काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो।

टुकुचा खोला देखिनेगरि भ्वाङ परेको स्थानमा अहिले सडक विभागले पुनर्निर्माण थालेको हो। भत्किएको तीन महिनापछि मात्रै उक्त सडक बनाउन थालिएको हो । सडक बनाएपछि टुकुचा खोलो पुरानै अवस्थामा पुरिनेछ ।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डीजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।  

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : १३ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको