जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता « Khabarhub

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता इशिबा जापानको तल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित हुँदै जापानको १०३औँ प्रधानमन्त्री बनेका हुन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा भएको दोस्रो राउण्डको मतदानमा इशिबाको पक्षमा २२१ मत परेको थियो भने उनका प्रतिद्वन्दी विपक्षी नेता योशिहिनको नोडाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै ८४ मत बदर भएका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका लागि आवश्यक २३३ मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।

गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएपनि सत्ताबाट बाहिरिन भने नपर्ने भएको छ ।

   

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५५ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली