सामाजिक सञ्जालको व्यापकताले सञ्चार क्षेत्रको सही भूमिका छायाँमा पर्‍यो : गभर्नर नेपाल | Khabarhub Khabarhub

सामाजिक सञ्जालको व्यापकताले सञ्चार क्षेत्रको सही भूमिका छायाँमा पर्‍यो : गभर्नर नेपाल


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औं बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम सिर्जना गराउने काम भईरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका नै छायाँमा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतिपूर्ण रहेको बताए । उनले सामाजिक सरोकार तथा हित हुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाली सञ्चारजगत अझै पनि अत्याधुनिक सूचना प्रविधिसँग प्रतिस्पर्धी बन्न नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गरे ।

अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : ३७ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्