११.२४ अंकले घट्यो नेप्से, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट « Khabarhub

११.२४ अंकले घट्यो नेप्से, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।  आज नेप्सेमा ११.२४ अंकको गिरावट आएर २७४८.९६ बिन्दुमा पुगेको हो । 

आजको कारोबारमा नेप्सेमा २४४ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । त्यस्तै, नेप्सेमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

जसमा ८० वटा कम्पनीको  शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने हिजोकै अवस्थामा रह्यो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा वित्तीय क्षेत्र, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्य बढ्यो भने अन्य समूहको शेयर सूचक रातो भएको छ । त्यस्तै, आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : १८ बजे

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६