जर्मनीमा फेब्रुअरी २३ मा निर्वाचन गर्न चान्सलर स्कोल्जलाई दबाब | Khabarhub Khabarhub

जर्मनीमा फेब्रुअरी २३ मा निर्वाचन गर्न चान्सलर स्कोल्जलाई दबाब


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मनीका ठूला राजनीतिक दलबीच आगामी फेब्रुअरी २३ मा हुने आमनिर्वाचनको समयतालिकामा सहमति भएको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्र्याट्स (एसपीडी) पार्टीका एक स्रोतका अनुसार जर्मनी गहिरो राजनीतिक संकटमा फसेको बेला वामपन्थी एसपीडीको संसदीय समूह र प्रमुख कन्जरभेटिभ विपक्षी सीडीयू-सीएसयूबीच यो सम्झौता भएको हो ।

यदि संसद्मा स्कोल्जलाई बहुमत विश्वासको मत प्राप्त नभएमा आगामी जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिँदा जर्मनी आफ्नो चुनावी अभियानको बीचमा हुनेछ ।

सबैभन्दा सानो दल लिबरलप्रो–बिजनेस फ्री डेमोक्र्याट (एफडीपी)को बहिर्गमनसँगै स्कोल्जको त्रिपक्षीय गठबन्धन टुटेको केही दिनपछि यो सम्झौता भएको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा लगातार दोस्रो वर्ष आर्थिक वृद्धि खुम्चिएको र बढ्दो भूराजनीतिक अस्थिरताबीच युक्रेन र मध्यपूर्वमा युद्ध चर्किँदै जाँदा यो राजनीतिक उथलपुथल भएको हो ।

फेरि चुनाव लड्न चाहेका जर्मन चान्सलर स्कोल्जले सुरुमा मार्चको अन्त्यमा चुनाव गर्ने प्रस्ताव दललाई राखेको भएपनि सीडीयू र उहाँको आफ्नै ग्रीन्स गठबन्धन साझेदारले चुनावी प्रक्रियालाई गति दिन दबाब दिएका थिए।

सीडीयूले जनमत सर्वेक्षणमा उच्चस्थान ओगटेको छ र यसका नेता फ्रेडरिक मर्जले जतिसक्दो चाँडो चुनावको लागि दबाब दिइरहेका छन् । हालै गरिएको एक सर्वेक्षणको दुई तिहाइ मतदाताले पनि ढिलोभन्दा चाँडो चुनाव गराउन चाहेको देखाएको छ ।

फेब्रुअरीमा निर्वाचन गर्ने घोषणाले राजनीतिज्ञलाई जाडोको अँध्यारो र चिसोमा आफ्नो अभियान सञ्चालन गर्न बाध्य पार्नेछ । जर्मनीमा मतदाता गर्मीमा हुने अभियानको समयमाभन्दा बाहिरी कार्यक्रममा भेला हुन कम उत्साही हुनेछन् ।

स्कोल्जले संसदको तल्लो सदनमा विश्वासको मत आह्वान गरेपछि आधिकारिकरूपमा मिति निर्धारण गरिनेछ, जुन नयाँ सम्झौता अन्तर्गत अब डिसेम्बरमा हुनुपर्नेछ ।

    

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ५१ बजे

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

वीरगञ्ज– पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म

अस्पतालको बेडबाट घाइते जेनजी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्