जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषाधाम – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख दर्द दुर गर्न सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । वर्तमान सरकारले सोहीअनुरुप काम गरिरहेको उनले बताए ।

प्राथमिकताका आधारमा जनताको पिरमर्का, सवाल र मुद्दा पहिचान गरी सम्बोधन गर्नेतर्फ सरकार अगाडि बढिरहेको उनको भनाइ छ । उनले आज गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा आँखा उपचार केन्द्र उद्घाटन गरे ।

उद्घाटनसँगै केन्द्रमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको केन्द्रबाट अधिकतम सेवा उपभोग गर्न सर्वसाधारणलाई उनले आग्रह गरे । उनले भने , “सेवा भावबाट खोलिएको उपचार केन्द्रमा मैले सक्दो सहयोग गर्छु ।”

यस्तै विकास निर्माणलाई गति दिन वर्तमान सरकारले राजनीतिक स्थिरता र स्थायित्वमा जोड दिइरहेको उनले बताए । कोभिडपछि ठप्प आर्थिक गतिविधिलाई सरकारले लयमा ल्याउने काम गरिरहेको उनले उल्लेख गरे ।

राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवं जसपा नेपालका नेता दीपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सञ्चालन गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना साकार गरिदिन उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : ३८ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न