रोशीले विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै « Khabarhub

रोशीले विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकरोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ । 

जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

गत असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्‍याएपछि १५औं अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । 

विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए।

‘विशेष अधिवेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ’, उनले भने। 

गाउँपालिकलो शुक्रबार गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन-२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए। 

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । यसैगरी एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । 

बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ ।

कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : २२ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा