‘द गार्जियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने « Khabarhub

‘द गार्जियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती अखबार द गार्जियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ।

गार्जियनले एक्समा नकारात्मकता धेरै भएको भन्दै अबदेखि आफ्नो आधिकारिक एकाउन्ट एक्समा कुनै समाचार पोस्ट नगर्ने बताएको हो ।

गार्जियनले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ । तर एक्स प्रयोगकर्ताले हाम्रा रिपोर्ट सेयर गर्न सक्छन् ।

यसको कारण बताउँदै द गार्जियनले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप प्रवर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं ।’

अखबारले लामो समयदेखि यसबारे सोचिरहेको बताउँदै प्रायः ‘एक्स’ मा विचलित पार्ने सामग्री पाइने बताएको छ । यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको गार्जियनले उल्लेख गरेको छ ।

द गार्जियनले भनेको छ, ‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि ‘एक्स’ एक ‘विषाक्त’ प्लेटफर्म हो। यसका मालिक इलोन मस्कले राजनीतिक वातावरण प्रभाविता पार्न प्रयोग गर्न सक्छन् ।’

यद्यपि, एक्सक प्रयोगकर्ताले गार्जियनका लेखहरू साझा गर्न भने सक्ने छन् । यसबाहेक यो पत्रिकाले आफ्ना रिपोर्टरहरूले समाचार संकलन गर्न एक्स प्रयोग गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : २९ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली