रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ « Khabarhub

रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउबारे सार्वजनिक रुपमा आफ्नो भनाइ राखेका छन् ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादलाई बिहीबार सम्बोधनका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको बताएका छन् ।

रविलाई अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘संसदीय समितिको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो’, उनले भने, ‘दोष र निर्दोषबारेको फैसला अदालतले गर्नेछ ।’

ओ‌लीले सम्बोधनका क्रममा भ्रष्टाचार नगर्न कुरामा आफू प्रष्ट रहेको बताए । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ । भनेको छु’, उनले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ ।’

उनले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानबारे समीक्षा र मूल्याकंन हुने पनि बताएका छन् ।

ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने उनले बताए ।

कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको पनि ओलीले बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : २१ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश