मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला « Khabarhub

मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इछुगल्ली निवासी ९४ वर्षीया विष्णुकुमारी त्वायना आफ्नै घरमा आज मृत फेला परेकी छिन् ।

आफ्नै घरको चौथो तल्लाको कोठामा एक्लै बस्दै आउनुभएकी उहाँको सुत्ने कोठामा कपडा मुखमा कोचेको र कपडाले दुवै खुट्टा एकै ठाउँमा बाँधिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

घटनाबारे राससलाई जानकारी दिँदै प्रवक्ता न्यौपानेले भने, “घटना शंकास्पद देखियो, त्यसैले विस्तृत अनुसन्धानका लागि केनाइबाट कुकुरसहितको प्रहरी टोली ल्याएर र अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोली र फरेन्सिक ल्याव आउनुभएको चिकित्सकसहितको टोलीले शवको अनुसन्धान गरी मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौँ ।”

उनले हत्या आंशकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको बताउँदै मृतकको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ९ : ५७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा