शिकारबाट ३ करोड बढी राजश्व संकलन | Khabarhub Khabarhub

शिकारबाट ३ करोड बढी राजश्व संकलन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख) मा २ करोड ११ लाख उठेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा सिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनान नाउस १० र झारल चारवटा थिए ।

दोस्रो सिजनमा नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजारका दरले राजश्व तिर्न कम्पनी तयार भएका थिए । उनीहरूले पहिलोमा नाउर १२ लाख ५ हजार र झारलको ९ लाख २० हजार बुझाएका थिए ।

बोलकबोलमा प्रतिस्पर्धाले गत वर्ष धेरै राजश्व संकलन भएको विभागले जनाएको छ । विभागले बोलपत्र पक्रियाबाट शिकारका लागि अनुमति प्रदान गर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ११ बजे

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित