विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ६५१० नम्बरको स्कुटरमा सवार मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय नेसरू मियालाई २ ग्राम १ सय १० मिलिग्राम, भारतको पानीट्याङ्कीबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका-३ दावगाछी टोल बस्ने २५ वर्षीय मनिष कुमार धिमाल र सोही नगरपालिका-४ कृष्ण मन्दिर संगम चोक बस्ने २४ वर्षीय मनिष अधिकारीलाई ६ ग्राम ८ सय ४० मिलिग्राम तथा मुगु खत्याड गाउँपालिका-७ बस्ने २२ वर्षीय हिरा प्रसाद जैसीलाई २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसतै, बाँकेको नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम १ सय १० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुरेन्द्र बर्मा र सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने ३२ वर्षीय दिपक बर्मा रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-९ झण्डहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-१५ अकलघरूवा बस्ने ३१ वर्षीय राजेश थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.१२ प ८०८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका-८ बिदाई चौतारास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीय बिष्णु शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने २७ वर्षीय रोहित थापा मगर र सोही महानगरपालिका-१५ बस्ने २३ वर्षीय बिक्रम कुमार साह रहेका  छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय कुमार परियार र मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने २७ वर्षीय सुमन कार्की रहेका छन् । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्ट चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ५० क्याप्सुल र स्पास्पेन ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज कुमार बिश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै हरिनगरा गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित  सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय जलामुदिन मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले को.३४ प ६६४० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ३ : ५५ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको