कृषकलाई आलुको बीउ अनुदानमा वितरण « Khabarhub

कृषकलाई आलुको बीउ अनुदानमा वितरण


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए ।

अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो ।

उनका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्ने गरी २९ हजार ५० किलोग्राम बीउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो ।

आलुको बीउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ ।

आलुको बीउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बीउ खरिद गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल