उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना « Khabarhub

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आगामी मङ्सिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य तालिका छ ।

मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यसैबीच आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आयोगको आजको निर्णयअनुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ४२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ