पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू) « Khabarhub

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान ।

यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र ।

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ ।

द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङगको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।

जलजलाबाट बिहानै सूर्योदयको मजा लिँदै आँखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

जलजलामा बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालाहरु आउने गर्दछ्न् । अरु समयमा म्याग्दी धवालागिरी लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्छन् । बिगत लामो समय देखि ट्रेकिङ्ग गाइड गरिसकेका फुलमान गाइडको पेशा छोडेर आफ्नो ठाउँमा पर्यटकहरुलाई सुविधा दिन गोठमा बस्दै आएका छ्न् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । आएका पर्यटकलाइ पानी, चियाले स्वागत गर्छन् फुलमान ।

यसरी आफ्नो ठाउँमा आएका पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस हुने फुलमान बताउँछन् ।

जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुदै तल्लो जलजला सम्म ५ देखी ६ घण्टा लाग्छ ।

बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हँदै खोरियासम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १० : २२ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट