न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी « Khabarhub

न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

श्रीलंका – घरेलु मैदानमा श्रीलंकाले न्युजिल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ। आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गरेको हो। वर्षाका कारण खेल ४७ ओभरमा घटाइएको थियो।

श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। यसैगरी पाथुन निसान्काले २८ रन जोडे। बलर हाबी भएको खेलमा नवौँ क्रममा मोबिस थक्सेनाले २८ रनको योगदान गरे। न्युजिल्यान्डका माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट विकेट गुमाउँदै २०९ रन बनाएको थियो। श्रीलंकाका मार्क चापम्यानले ७६ तथा माइकल हेले ४९ रन जोडे। श्रीलङ्काका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए। जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ५४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध